दमक/झापाको दमकमा लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको अध्यक्षको रुपमा रुद्र गौतमले उत्कृष्ठ काम गरेपछि उनको लायन्यसका राष्ट्रिय तथा अन्तराष्ट्रिय लिडरहरुले प्रशंशा गर्दै उत्कृष्ठ अध्यक्षको अवार्ड समेत प्रदान गरेकाछन् । ३२५ ए १ (325A1)का १७६ क्लवहरुका अध्यक्षमध्ये उत्कृष्ठ छ जनामा र त्यसमा पनि स्पेशल प्रेसिडेन्ट अफ द इयरका उपाधि गौतमले पाएको बताईएको छ ।
शनिबार काठमण्डौमा भएको चौधो क्याविनेट बैठक एवं एक भब्य कार्यक्रमबीच उनलाइ डिस्ट्रिक गर्वनर लिला ढुंगेलले यो अवार्ड प्रदान गरेका थिए । यसैगरी गौतमलाइ लायन्सका अन्तराष्ट्रिय अध्यक्ष नरेश अग्रवालले अन्तराष्ट्रिय सर्टिफिकेट प्रदान गरेका थिए ।
यसैगरी दमक कै प्रहर क्षेत्रीको कामको पनि प्रशंशा गरिएको छ । उनलाइ आउटस्टान्डिङ जोन पर्सनको रुपमा अवार्ड गरेको बताईएको छ । उनि लायन्स क्लव अफ दमक स्टर्नलाइनको संस्थापक अध्यक्ष पनि हुन् । गौतम र क्षेत्रीले लायन्स क्लवको गरिमालाइ बढाएको भन्दै पुरस्कृत एवं सम्मान गरिएपछि दमकका लायन्सकर्मीहरु उत्साहित बनेकाछन् ।











