काठमाडौं / रास– अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपाली चलचित्रका कलाकारहरू विभिन्न फेसनमा सजिएर ¥याम्पमा उत्रिएका छन् । राजधानीमा फेसन डिजाइनर एवं चलचित्र निर्माता पुनम गौतम क्षत्री र अभिनेत्री गौरी मल्लले नेपाली चलचित्रका ४० जना कलाकार प्राविधिकलाई मञ्चमा उतारेका हुन् । सामाजिक कामका लागि आर्थिक संकलन गर्न पहिलोपटक यति धेरै चलचित्रकर्मीलाई ¥याम्पमा उतारिएको हो ।

नयाँ वर्षको शुभकामना आदान प्रदानका लागि पूनम इन्टरटेन्मेन्टद्वारा आयोजित ‘डे सेलिब्रेटी रनवेमा’ मा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्ददेखि नयाँ पुस्ताका अभिनेत्रीसम्म ¥याम्पमा उत्रिए । कार्यक्रम आयोजक एवं अभिनेत्री गौरी मल्लले आमा शीर्षकको गीत गाएर फेसन सोमा सबैको ध्यान खिचिन् । क्याटवाकमा समेत उत्रिएकी अभिनेत्री नायिका रेखा थापाले एउटा गीत सुनाइन् । अभिनेता सन्दीप क्षत्रीले आफ्नो प्रस्तुतिबाट कार्यक्रममा सबैलाई हँसाए ।
फेसन सोमा भुवन चन्दसँगै अग्रज कलाकार बसुन्धरा भुषाल, चैत्य देवी, सुभद्रा अधिकारी, तुलसी घिमिरे, भुवन केसी, कृष्ण मल्ल, विजय लामा, सरोज खनाल र लक्ष्मी गिरी मञ्चमा उत्रिए ।


अभिनेता निखिल उप्रेती, गौरव पहारी, दिकपाल कार्की, सुशील श्रेष्ठ, नाजिर हुसेन, आर्यन अधिकारी, पुष्पल खड्का, आसिफ शाह, नरेन खड्काले रन वेमा क्याटवाक गरे । बाल कलाकार अनुभव रेग्मी, गायिका रेखा शाह र हेयर स्टाई लिस्ट निल डेभिड कटुवाल पनि फेसन क्याटवाकमा थिए ।
अभिनेत्रीहरू ऋचा शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, वेनिशा हमाल, सुष्मा कार्की, मलिना जोशी, अनु शाह, असिष्मा नकर्मी, चाँदनी शर्मा, श्रृष्टि श्रेष्ठ, सुरक्षा पन्त, वर्षा राउत, नम्रता सापकोटा, मरिष्का
पोख्रेल, आश्मा डीसी, रूपा राना, दीपाश्री निरौला, सरिता लामिछाने, सञ्चिता लुइँटेलले पनि कार्यक्रमका क्याटवाक गरे । मनोरञ्जनलाई सामाजिक कार्यमा पनि लगाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रमको गरिएको पुनम गौतमको भनाइ थियो । सोबाट प्राप्त फाइदा सामाजिक काममा लगाउने उनले जानकारी गराईन् ।



