चितवनमा विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज पक्रन खोज्दा एक प्रहरी जवान घाइते भएका छन्।

शनिबार राति विप्लव नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी जवान इसु मियाँ धोबी घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले प्रहरीलाई इँट्टा र ढुंगा प्रहार गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा ढुंगा लागेर प्रहरी जवान धोबी घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले धोबीको अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बिसी भाग्न सफल भएको र उनका अंगरक्षक वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस