पोखरा, २७ जेठ-जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१२ माटेपानी बस्ने ५२ वर्षीय राज गुरुङको घरबाट शनिबार छ बुक ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–११ रानीपौवाका ६२ वर्षीय नेत्रबहादुर गुरुङ, ५५ वर्षीय लक्ष्मण गुरुङ, ५५ वर्षीय गगन गुरुङ, पोखरा–१२ का ६२ वर्षीय कृष्णबहादुर गुरुङ, ५२ वर्षीय राज गुरुङ, ४८ वर्षीय लिहितकुमार गुरुङ, ६० वर्षीय मनबहादुर गुरुङ, वडा नं १३ भद्रकालीका ६५ वर्षीय तेजबहादुर गुरुङ र बाझापाटनका ६० वर्षीय रसबहादुर गुरुङ छन् । शनिबार पक्राउ परेका सबैलाई थुनामा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।