काठमाडौं, २७ जेठ – सरकारले अनावश्यक एआईजीका पद कटौती गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीमा रहेको अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) को दरबन्दीमा कटौती गरेको हो । अब नेपाल प्रहरीमा ३ एआईजी रहने व्यबस्था गरिएको छ ।
त्यसैगरि, बैठकले सशस्त्र प्रहरी बलमा जम्मा दुई जना एआईजी रहने निर्णय गरेको छ । बैठकले नेपाल प्रहरीमा केही दरबन्दी मिलान र खारेज गरेको छ । नेपाल प्रहरीको संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्नेगरी नयाँ संरचना कायम गर्दै सो अनुुकुल आवश्यक दरबन्दी थप गर्ने निर्णय गरेको जानकारी सरकारका प्रबक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिनुभयो ।
बैठकले प्रहरी ईकाई नपुगेका स्थानीय तहमा आवश्यक परेको जनशक्ति पूर्ति गर्न आगामी आर्थिक वर्षमा १६ सय दरबन्दी थप्ने र जम्मा ३१ सय दरबन्दी पुर्याउने निर्णय पनि गरेको छ । चक्रपथ बाट










