काठमाडौँ। नारायणघाट–मुग्लिन सडक खण्ड स्तरोन्नतिको काम सम्पन्न गरिएको सरकारले जनाएको छ।

सडक विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३४ किलो मिटर लम्बाई रहेको सो सडक खण्डको स्तरोन्नतिको काम सम्पन्न भएको औपचारिक जानकारी गराएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अव उक्त सडक खण्ड बुधबारबाट २४ सै घण्टा संचालनमा आएको पनि विभागमा प्रवक्ता मुक्ति गौतमले जानकारी दिए।

यस अघि सडकको स्तरोन्ततिका लागि दिउँसो १० बजेबाट अपरान्ह ४ बजेसम्म सो सडक खण्डमा सवारी साधन चलाउन रोक लगाइएको थियो।

प्रवक्ता गौतमले प्रतिकूल परिस्थितिका बाबजुत पनि नेपाल सरकारको विशेष निर्देशनमा सो सडकमा स्तरोन्नतिको काम सम्पन्न गरिएको पनि स्पष्ट पारे।

२०७१ साल चैत्र महिनामा ठेक्का सम्झौता गरिएको सो सडक खण्डको स्तरोन्नतिका काममा ढिलाई भएकोमा सर्वत्र आलोचना हुँदै आएको थियो।

प्रवक्ता गौतमले सडक निर्माणको काममा ढिलाई गर्ने ठेकेदारलाई कानुन बमोजिम कार्वाही गर्ने चेतावनी दिएका छन्।

https://youtu.be/LcB3bLzuBCc