काठमाडौँ । सवारीचालक अनुमतिपत्र लिनेको संख्या थुप्रिएपछि यातायात व्यवस्था विभागले तत्कालका लागि आवेदन प्रक्रिया रोकेको छ । उसले असार मसान्तभित्र ट्रायलसम्बन्धि कार्य पूरा गरिसक्नुपर्ने र राजश्वको हिसाब मिलान गर्नुपर्ने भएकाले आवेदन स्थगित गर्नुपरेको बताएको छ ।

काठमाडौं उपत्यकाका एकान्तकुना, चावहिल, सुकेधारा, ठूलो भर्याङ, स्वयम्भू, जगातीका अतिरिक्त साविकका मेची, कोशी, सगरमाथा, जनकपुर, धवलागिरी, नारायणी, लुम्विनी, गण्डकी, राप्ती, कर्णाली, सेती, भेरी, महाकाली अञ्चलमा समेत आवेदन फारम तत्कालका लागि स्थगित गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ट्रायल दिन बाँकी रहेकालाई असार १५ गतेसम्म दिन पाउने व्यवस्था मिलाउने र असार महिनाका लागि भरेका सबै फारम रद्द गर्नेसमेत निर्णय गरेको विभागले जानकारी दिएको छ ।