काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग गरिएका सहमति दृढतापूर्वक कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

नेता रावलले चीनसँग रेलमार्ग निर्माणमा लागि सहयोग जुटाउन पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता रावलले रेलमार्गमा चिनियाँ वा भारतीय नभई नेपालकै रेल संचालन गर्नुपर्ने पनि जोड दिए । नेता रावलले नेपालको रेलमार्गमा चीन वा भारतको रेल चलाउने कुराको पक्षमा आफू नरहेको पनि स्पष्ट पारे ।

आइतबार काठमाडौंमा आयोजित ‘चीनसँगको सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले दुई देशबीच रेल सेवा संचालनका लागि आवश्यक कानुनी छलफल अघि बढाउन पनि ढिलाई गर्न नहुने पनि बताए ।

नेता रावलले नेपालको राष्ट्रिय हितलाई सरकारले विशेष ध्यान दिएर परराष्ट्र सम्बन्ध कायम राख्ने विश्वास पनि व्यक्त गरे। नेपाल आज बाट साभार