विराटनगर– प्रहरीले मोरङको ग्रामथान गाउँपालिका ४ कटहराबाट गएराति २ लाख ८३ हजार ९५ रुपैयाँसहित ९ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका जुवाडेलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

स्थानीय सुजित माझीको घरमा जुवा खेलिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाका प्रहरी कार्यालय हरैंचाको टोलीले माझीको घरमा छापा मारेको थियो। घटनास्थलबाट कौडा, ७ थान मोबाइल र ८ थान मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेपाल लाइभ बाट साभार