काठमाडौं, जेठ २८ । संघीय संसदको बैठक स्थगित गरिएको छ । बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसदको दुईवटै सदनको बैठक बसेर संयुक्त बैठक सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने कार्यसूची रहेपनि महासचिव मनोहरप्रसाद भट्टराईले अर्को सूचना जारी नभएसम्मका लागि बैठक विशेष कारण स्थगित भएको जानकारी गराएका हुन ।

यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाले आ–आफ्नो बैठकको कार्यसञ्चालन नियमावली पारित गरिसकेका छन् ।

-इमेजखबर बाट