काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकांक्षाले मुलुकलाई संकटमा पु¥याउने दावी गर्नु भएको छ ।
वरिष्ठ नेता पौडेलले २ तिहाई बढि सांसदहरुको समर्थन लिएर प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई संकट पार्न खोजेको गम्भीर आरोप समेत लगाउनु भयो । सोमबार नेपाल विद्यार्थी संघ, काठमाडौं जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री ओलीको महत्वकांक्षाले मुलुक संकटमा पर्न सक्ने भन्दै त्यसलाई टार्न सचेत भएर अघि बढन पनि पार्टीका युवा, विद्यार्थी संगठनहरुलाई निर्देशन दिनु भयो । उहाँले प्रत्यक्ष कार्यकारी राष्ट्रपति वकालत गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधानमाथि नै खेलबाड गर्ने प्रयास गरिरहेको आरोप पनि लगाउनु भयो ।
काँग्रेस वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवाकै कारण पार्टीले विपक्षको हैसियत समेत गुमाउने अवस्थाको सामना गरिरहनु परेको दावी गर्नु भयो । उहाँले सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई समान दृष्टिले हेर्न समेत नसकेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो ।
वरिष्ठ नेता पौडेलले पार्टीलाई एकतावद्ध बनाउन सभापति देउवाको निर्णय प्रक्रिया पारदर्शी हुनुपर्ने माग पनि गर्नु भयो ।










