प्रतिनिधी सभामा राप्रपा पार्टीबाट प्रतिनिधित्व गर्ने एक मात्र सांसद हुन् राजेन्द्र लिङ्देन।लिङ्देनले झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई हराएर निर्वाचन जितेका हुन्। निर्वाचन जितेपछि लिङ्देनले संसदमा आफ्नो सशक्त उपस्थिती देखाएका छन्।उनले संसदमा बोलेका कुराहरुले निकै तारिफ बटुल्ने गर्छन्।

लिङ्देनले माउण्टेन टेलिभिजनको कार्यक्रम माउण्टेन संवादमा कुराकानी गर्दै भने -‘सानो देश नेपालमा अनेक जातजाती भाषा-संस्कृति छन् र यी नेपालले गर्व गर्न लायक कुरा हुन्।यसलाई केस्रा-केस्रामा छुट्टाएर, विभाजित गरेर एउटा जाती मात्रै धनी छ अर्को जाती सबै गरिब छ भन्ने जुन विश्लेषण छ त्यो सबै गलत छ।नेपालमा कुनै जातिको तीनसय पनि संख्या नभएको छन्।ती जाती सबैलाई निश्चित रकम तोकेर काम गर भन्दा गर्न सक्दैनन् त्यसैले राज्यले त्यस्ता जातीहरुलाई संरक्षणमा लिएर उनीहरुको भाषा,संस्कृति र धर्मको संरक्षण गर्नुपर्छ।राज्यले सनातन धर्मको संरक्षण गर्ने र जोगाउनु पर्छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मैले उठाएको मुद्धा कुनै जात र धर्मको कुरा होइन,यो नेपालको पहिचान र भविष्यको लागी हो भन्ने कुरा चुनावमा जनतालाई बुझाउन सके,जसले गर्दा मैले विना पूर्वाग्रह सबैको समर्थन पाउन सके’, लिङ्देनले भने।

जातियताको मुद्धाले देशलाई सहि बाटोमा लादैन भन्ने जनताले विस्तारै बुझ्दैछन्।यसले देशको हित नगर्ने लिङ्देनको भनाई छ। आरक्षण निश्चित समयको लागी मात्र हुनपर्ने लिङ्देन बताउँछन् र लामो समयसम्म आरक्षण कायम राख्दा यसले देशको हित नगर्ने उनको धारणा छ। यसपालीको बजेटले उत्साहित बनाउने आशा थियो।तर बजेट परम्परागत रुपमै आयो।रेल लगायत अन्य कुराहरुको लागी बजेट यसअघिकै बजेट भाषणमा पनि समेटिने लिङ्देनले बताए।

‘देशमा कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा मात्र हो।राप्रपा बाहेक अरु कुनै दलले तेस्रो धारको नेतृत्व गर्न सक्तैन। अब पनि मिलेर र सच्चिएर नजाने हो भने सक्किनुको बिकल्प छैन।त्यसैले राप्रपाबाट फुटेर गएका सबैलाई मिल्न लिङ्देनले आग्रह गरे।

लिङ्देन अगाडि भन्छन्-‘हिन्दु राष्ट्र कुनै जात विशेषले मान्ने धर्म होइन,यो राष्ट्रियता,राष्ट्रिय पहिचान र राष्ट्रिय एकतासँग जोडिएको कुरा हो।हिन्दु धर्म कुनै जात विशेषले मान्ने धर्मसँग मात्र सम्बन्धित छैन।म किरात हुँ,मैले आफ्नो धर्ममा हिन्दु होइन किरात लेख्छुँ।’

-भिडियो

https://youtu.be/l2ZVPiKNXlA