नेपालमा बालिकाहरूमा १० वर्षको उमेरदेखि नै महिनावारी सुरु हुन थालेको पाइएको छ। यसले गर्दा स्वास्थ्यसम्बन्धी थप समस्या देखिन थालेको छ। हाल छलफलमा रहेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा स्पष्ट रूपले उल्लेख छ, ‘किशोरकिशोरी भन्नाले १० देखि १९ वर्ष उमेर समूहको अवस्था सम्झिनुपर्छ।’

‘पहिलोपटक रजोदर्शन अर्थात् रजस्वला हुने उमेर घटिरहेको छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव एवं प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राडा पुष्पा चौधरी भन्छिन्, पहिले १४ देखि १६ वर्षको बिचमा रजोदर्शन हुन्थ्यो। अहिले १० देखि १२ वर्षमै देखिन थालेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वातावरणीय प्रभाव, पोषणको स्थिति आदिले गर्दा मोटोपन, छिट्टै मानसिक विकास आदि ले रजोदर्शनको उमेर कम हुँदै गएको विशेषज्ञको आँकलन छ।