सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ ।

सोमबार समितिले न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सो छानबिन समिति गठन भएको थियो ।

समितिले प्रहरी उच्च अधिकारीसहित ६३ जनालाई दोषी देखाउँदै मोरङ जिल्ला अदालतमा मुद्दा दायर गराइसकेको छ । मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ ।