केपी ओली नेतृत्वको सरकारमा सहभागि हुन राजपा नेपालले टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीको संसदको सपथ हुनुपर्ने सर्त अघि सारेको छ । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि भएसँगै सरकारमा जाने कि नजाने भन्ने अलमलमा रहेको राजपाले सो सर्त अघि सारेको हो ।
राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताए । संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिए पनि राजपाका सभासद् रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा जाने निर्णय हुन बाँकी रहेको बताए ।
उनले प्रदेश नं २ मा राजपा र सङ्घीय समाजवादी फोरम नेपालको सरकार रहिरहने तथा त्यहाँको सरकारलाई राजपाको पूर्ण समर्थन रहने पनि बताएका छन् ।










