राष्ट्रिय अनुसन्धान विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विमानस्थल निगरानी उपशाखामा खटिने पूरै सेट विभाग तानिएको छ । सेटलाई विभाग तानेर उपशाखामा क–कसलाई पठाइयो भन्ने विभागले खुलाएको छैन ।

विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङले विमानस्थलको निगरानी उपशाखामा खटिएका टोली विभागमा बोलाइएको पुष्टि गर्दै भने, ‘विमानस्थल उपशाखामा धेरै समय खटिएकालाई साटफेरका लागि विभाग बोलाइएको हो । तर, पूरै सेट तानिएको होइन ।’ नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विमानस्थल निगरानी उपशाखामा खटिएका धेरैजसो २ वर्ष बिताइसकेकालाई विभाग बोलाएको उनले दाबी गरे । ‘२ वर्ष काम गरेकालाई बलाइएको हो, सबै पुरानालाई पनि बोलाइएको छैन । पुराना र नयाँ मिलाएर विभागले खटाइरहेको छ’, उनले भने । त्यहाँ खटिएका अनुसन्धान टोलीले सन्तोषजनक काम नगरेकाले विभागमा तानिएको विभाग स्रोतले बतायो । दैनिक नेपाल बाट