प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले साँझ ५ बजे परिषद बैठक बोलाएका छन् ।
संसदका दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेपछि परिषद बैठकबाट प्रधान न्यायाधीशको नाम सिफारिस गर्न लागिएको हो ।
परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।
प्रधान न्यायाधीशका लागि यसअघि नै न्यायपरिषद सचिवालयले परिष्ठताका आधारमा दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको छ । दैनिक नेपाल बाट










