प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश नम्बर ५ का स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सेवा सुविधा सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। विधेयक प्रमाणीकरणसँगै अब स्थानीय तहका जनप्रतिनिधिले तलब पाउने कानुनी बाटो खुलेको छ। सोमबार विधेयक प्रमाणीकरण भएको हो।संविधानको धारा २०१ (२) बमोजिम झाले विधेयक प्रमाणीकरण गरेका हुन्।

जेठ १६ गतेको प्रदेशसभा बैठकले विधेयक पारित गरेको थियो।ऐन अनुसार अब जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलब भत्ता ४१ हजार रुपैयाँ हुनेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, उपप्रमुखको ३६ हजार र सदस्यहरूको १६ हजार रुपैयाँ हुनेछ। उपमहानगरपालिकाका प्रमुखको माकिस सुविधा ४० हजार रुपैयाँ हुनेछ। उपप्रमुखको ३५ हजार र वडाध्यक्षको २६ हजार रुपैयाँ हुनेछ। कार्यपालिका सदस्यको मासिक तलब १५ हजार रुपैयाँ र वडा सदस्यको ९ हजार रुपैयाँ हुनेछ ।

त्यस्तै नगरपालिकाको प्रमुखले मासिक ३५ हजार रुपैयाँ पाउने छन्। उपप्रमुखको ३० हजार, वडाध्यक्षको २५ हजार, कार्यपालिका सदस्यको १३ हजार तथा सदस्यको ८ हजार रुपैयाँ मासिक पारिश्रमिक हुनेछ।गाउँपालिका अध्यक्षको मासिक तलब ३० हजार रुपैयाँ हुनेछ। उपाध्यक्षको २७ हजार, वडाध्यक्षको २० हजार, कार्यपालिका सदस्यको १२ हजार र वडा सदस्यको ७ हजार रुपैयाँ मासिक सुविधा हुनेछ। मासिक तलब सुविधाका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि उनीहरूले पाउने छन्। टिभी अन्नपूर्ण ड्ट कम बाट