काठमाडौँ । सरकारले फोरम र राजपाको मागअनुसार नै संविधान संशोधन गर्ने तयारी थालेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारले संविधान संशोधनको तयारी थालेको हो । सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा नेपालको माग बमोजिम सरकार संविधान संशोधनको तयारीमा जुटेको छ ।
संविधान संसोधनका लागी नेकपाका शीर्ष नेताले संवाद अगाडि बढाएका छन् । नागरिकता र भाषाको विषयमा संविधान संशोधन गर्न सरकार तयार भएको छ । तत्काल यी दुइटा विषयमा छलफल गरी टुङ्गो लगाउने र बाँकी विषय पछि टुंगोमा पुर्याउने गरी संसोधनमा सरकारसँग फोरम र राजपा सहमत भएको छ ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोसँग संविधान संशोधनको विषयमा पटक–पटक छलफल गरीसकेका छन् । राजपा नेपालका महासचिव केशव झाले पनि राजपा नेपाल सरकारमा चाँडै सहभागी हुने घोषणा गरीसकेका छन् ।
संविधान संशोधनलाई मुख्य शर्त बनाएर राजपा र फोरम सरकार बाहिर बसीरेका बेला नेकपाले आफ्नो नेतृत्वको सरकारमा सहभागीका लागि निरन्तर पहल गरीरहेको छ । छलफल बाट










