बिर्तामोड ।

भ्रष्टाचारको आरोप खेपिरहेका झापा कचनकवल गाउँपालिका–१ वडाध्यक्ष लक्ष्मीनारायण यादवले आफूलाई आरोप लगाउने ११ जनाबिरुद्ध मुद्दा दायर गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाढीपीडितका लागि आएको राहत रकममा चरम भ्रष्टाचार गरेको आरोप लागेका यादवले आफ्नै वडाका दुई वडा सदस्यसहित ११ जनाबिरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

उनले सुनियोजित तरिकाले आफ्नो चरित्र हत्या गरेको भन्दै वडा सदस्यद्वय महावीर लिम्बू र उमाशंकर गणेशसहित कालेन्द्रप्रसाद राजवंशी, टेकेन्द्र राजवंशी, नारायणसिंह राजवंशी, जीवनकुमार राजवंशी, रोशन राजवंशी, रुद्रमणि दाहाल, सज्जन गणेश, हंश राजवंशी र श्रवण सहनीबिरुद्ध मुद्दा दायर गरेका हुन् ।

बाढीपीडित घरपरिवारका सदस्यबाट वडा अध्यक्ष यादव र घरधुरी संकलन गर्न करारमा नियुक्त भएका कर्मचारीद्वय पञ्चु राजवंशी तथा शर्मिला राजवंशीले १० हजार रुपैयाँको दरले कमिसन लिएको पीडित परिवारको आरोप छ । बाढी र डुबानबाट प्रभावित पूर्ण रूपमा घर क्षति भएका पीडित परिवारलाई न्यानो कपडाका लागि १० हजार र घर मर्मतका लागि १५ हजार गरी २५ हजार रुपैयाँका दरले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेटबाट गृह मन्त्रालयमार्फत् प्राप्त भएको थियो । उक्त रकम जिल्ला प्रशासन कार्यालय झापाले कचनकवल गाउँपालिकाका १४७ घरपरिवारका लागि ३६ लाख ७५ हजार रुपैयाँ पठाएको थियो । कचनकवल गाउँपालिका–१ साविक घेराबारीका बाढीपीडितका लागि आएको तेस्रो किस्ताको राहत रकममध्ये वडाध्यक्ष र करारका कर्मचारीले कमिशन लिएको बाढी पीडितले आरोप लगाएका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले वडा अध्यक्ष र कर्मचारीले आफूहरुको नाममा आएको रकमबाट कमिसन लिएको भन्दै ‘१३ जना बाढी पीडितले लिखित पत्र बुझाएकाले सोही पत्रको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीलाई पत्र पठाएको बताएका छन् । प्रशासनमा उजुरी परेपछि करारका कर्मचारीद्वय पञ्चु र शर्मिलालाई बोलाएर दुई पटकसम्म बयान लिइएको उनले बताए ।आमसञ्चारबाट