दोलखा । छोरीको मृत्युको खबर सुनेर दोलखाको विगु गाउँपालिकामा पिताको समेत मृत्यु भएको छ ।

आईतवार साँझ बोलेरो दुर्घटनामा परेर दोलखा विगु गाउँपालिका वडा नम्बर ४ लादुकका ४५ वर्षीया इश्वरी थापाको मृत्यु भएको थियो । उनको मृत्युको खबर सुनेपछि मृतकका पिता ७१ वर्षीय भुवनसिंह खत्रीको समेत सोमवार मृत्यु भएको विगु गाउँपालिकाका प्रमुख युधिष्ठीर खड्काले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतक भुवनसिंहको दुई छोरीमात्र रहेको र दुर्घटनामा मृत्यु भएको इश्वरी कान्छी छोरी हुन् । भुवनसिंह छोरीहरुकै रेखदेखमा बस्दै आएका थिए ।