दमक/दमक नजिकै कमल गाँउपालिका वडा नं. ५ पुर्व पश्चिम राजमार्ग दक्षिण चटपटे चोक नजिक एउटा ट्रिपर खेतमा खसेपछि मुश्किलले बाहिर निकालिएको छ । जेसिबिको प्रयोग गरेर मुश्किलले बाहिर निकालिएको पाईएको हो ।

स्थानीयहरुको अनुसार ओभर स्पिडमा आएको ना ६ ख ३४४७ नम्बरको ट्रिपर सडक छाडेर खाल्डो खेतमा झरेको थियो । ठूलो आवाज सहित ट्रिपर खेतमा आएपछि स्थानीयहरु त्रसित भएका थिए । टायर पड्किएर अनियन्त्रित भएर ट्रिपरले बाटो छाडेर खेतमा झरेको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड