सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाऊपालिका वडा वडा नं.५ धरमौलीमा भिषण हावा हुरीले गर्दा एक जनाको मृत्यु दुई जना घाईते भएका छन । मजदुरीको सिलसिलामा खेतमा काम गर्ने आएकी महराजगंज जिल्लाको मटरा ( भारत) बस्ने ५० बर्षिय मैना देबी राजभरको ज्यान गएको हो। घाईते भएकी सोही ठाऊ बस्ने ५० बर्षिय सोनिया भेडिहार, ६० बर्षिय बिन्द्रावती बानिया घाईते भएकी हुन । मंगलवार बेलुकी आएको हावा हुरी र पानी बाट आफु बच्नको लागी बासघारीमा तिन जना काम गर्ने महिला लुकेका थिए । ठुलो हावा हुरीले गर्दा बासघारी नै ऊखेलिए पछि महिला हरु च्यापिएका थिए । नेपाल भारतको सिमाना नजिकै मृतकको गाऊ रहेको हुदाँ नेपाल प्रहरी पुग्न नपाऊदै शव स्थानिय र परिवारले भारत तर्फ लगेको बसहिया प्रहरी चौकीले जनाएको छ ।
नवलपरासीमा हावाहुरीले गर्दा एक जना भारतीय महिलाको मृत्यु दुई जना घाईते ।
सवाल नेपालसंवाददातामंगलबार, २८ जेठ २०७५

नवलपरासीमा हावाहुरीले गर्दा एक जना भारतीय महिलाको मृत्यु दुई जना घाईते ।
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



