३० जेठ । जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ गाईले एकै बेतमा तीनवटा बाच्छी जन्माएको सुन्दा ।

कास्कीको माछापुच्छे गाउँपालिका–४ लाहाचोकस्थित गणेश ढकालको घरमा पालेको जर्सी गाईले सोमबार एकै बेतमा तीनवटा बाच्छी जन्माएको छ । गाईले सामान्य अवस्थामा तीनवटा बाच्छी जन्माएपनि एउटा भने लगभग तीन घण्टापछि मरेको र बाँकी दुईवटा सामान्य अवस्थामा रहेको कृषक ढकालले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार गत वर्ष दूध दिँदै गरेको अवस्थामा पुरन्चौरबाट किनेर ल्याएको सो गाईले दैनिक १० लि दूध दिएको छ । रासस