राजधानीको जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिएसँगै आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् ।
बुधबार मध्यान्ह बा४ख ३५५८ नम्बर ट्रिपरले बा७०प ९३९९ नम्बरकाे स्कुटरलाई ठक्कर दिएसँगै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् ।
आगजनीबाट ट्रिपर क्षतिग्रस्त बनेको छ । ट्रिपरको ठक्करबाट स्कुटर चालक महिला र पछाडि बस्ने पुरुष गम्भीर घाइते भएको बताइएको छ । उनीहरुको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । स्थानीयले अहिले चालकमाथि कडा कारबाहीको माग गर्दै सडकमा नाराबाजी गरिरहेका छन् ।










