पोचुर्गलमा सेल्फी खिच्ने क्रममा एक जोडी पर्यटकको मृत्यु भएको छ । उनीहरु पोर्चुगलको एक लोकप्रिय समुन्द्री किनार तर्फ फर्किएको एक पर्खाल माथि सेल्फी खिच्न लाग्दा असन्तुलित भएर लडेका थिए ।पोर्चुगलको कोर्रेइओ दा मान्हा समाचारपत्रले ती जोडीको इरिसेइरा शहरको प्रेइया दोस पेस्कादोरेसमा मृत्यु भएको रिपोर्ट दिएको छ । पोर्चुगलको पश्चिमी भागमा रहेको यो समून्द्रि तट सुन्दर रिेसोर्टहरुका लागि चर्चित छ ।राजधानी लिस्बन नजिक रहेको क्यासकेस बन्दरगाहमा उद्दार सेवाका प्रमुख रहेका रुई पेरेइया दा तेर्राले समाचार एजेन्सी लुसासँग बोल्दै ती महिला र पुरुष पर्खालमाथि बसेर सेल्फी खिचिरहेको हुन सक्ने अनुमान गरे ।हामीले पर्खालमा एक मोबाइल फोन भेटेका छौं । सबै कुराले पीडितहरुले सेल्फी लिदैं गरेको देखाएको छ , केही कारणले उनीहरुको फोन खसेको तर त्यसलाई टिप्नका लागि ढल्किदाँ खसे,” उनले भने ।रिपोर्टमा जोडिको नाम उल्लेख गरिएको छैन तर महिला ३० वर्षकी र पुरुष ४० रहेको उल्लेख छ । तथापी अन्य रिपोर्टहरुमा यो उमेर पनि थोरै थपघट देखिन्छ । उनीहरु ३० मिटरभन्दा तल खसेका थिए । समाचारपत्रको रिपोर्ट अनुसार जोडीको लास मंगलबार बिहानै समुन्द्री तट सफा गर्ने मानिसले भेटेका थिए ।एक पीडित अष्ट्रेलियन हुने अष्ट्रेलियाका अधिकारीहरुका अनुसार अर्को व्यक्ति बेलायती हुन् । अष्ट्रेलियाली अधिकारीहरुले आफूहरुले उक्त व्यक्तिको विषयमा बेलायती विदेश कार्यालयसँग निरन्तर सम्पर्कमा रहेको बताए । पोचुर्गलको राजधानीबाट ३० कि।मी। टाढा रहेको इरिसेइरा शहर सर्फिङ्को लागि लोकप्रिय ठाँउ हो । पर्यटकहरु उक्त पर्खालबाट खसेको यो पहिलो घटना भने होइन । एजेन्सी
सेल्फी खिच्ने क्रम्मा एक जोडी पर्यटकको मृत्यु
सवाल नेपालसंवाददाताबुधबार, २९ जेठ २०७५

सेल्फी खिच्ने क्रम्मा एक जोडी पर्यटकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



