काठमाडौं, जेठ ३०
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा नेपाली अलैची चीन निर्यात गर्ने बिषयलाई मुख्य एजेण्डा बनाउनु पर्ने प्रस्ताव गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपालको अलैची खेती र ताप्लेजुङमा उत्पादन भइरहेको अलैचीको बिषयमा बिशेष समय लिएर बोल्दै भट्टराईले सो प्रस्ताव गर्नुभएको हो ।
यस्तो छ, भट्टराईले संसदमा राखेको बिशेष प्रस्ताव ।
१. ताप्लेजुङ लगायत हाल ४७ जिल्लामा अलैचिको व्यावसायिक खेती हुने गरेको छ । कुल उत्पादनको ५० प्रतिशतभन्दा बढी उत्पादन एउटै ताप्लेजुङ जिल्लामा हुने गरेको छ ।
२. १४८७५ हेक्टर जमीनबाट देशभरी ५५ सय मेट्रिक टन अलैची उत्पादन हुन्छ । यो तथ्याङ्क अधिल्लो सालको भन्दा ५ सय बढेर ६ हजार मेट्रीक टन पुग्ने अनुमान गरिएको छ । जबकी सन् २००७ मा झण्डै १० हजार मेट्रीक टनसम्म अलैची उत्पादन भएको थियो । सही नीतिको अभावका कारण यसको त्पादनमा ठूलो मात्रमा ह्रास आएको छ ।
३. उत्पादनमध्ये करिव १ प्रतिशत मात्र देशभित्र खपत हुन्छ भने बाँकी ९९ प्रतिशत विदेश निकासी हुने गरेको छ । आजको बजर मुल्यमा झण्डै १० अर्व बराबरको अलैची विदेशी बजारमा निकासी हुने गरेको छ ।
४. नेपालमा हाल अलैची खेतीमा १ लाख परिवार आवद्ध रहेका छन् । यसबाट पूणर््कालीन र आंशिक गरेर लाखौं मानिसहरु रोजगार भएका छन् ।
५. २०७०-७१ मा अलैचीप्रति मन १ लाख २० हजार पुगेकोमा हाल मुल्य घटेर ३० हजारको हाराहारीमा रहेको छ ।
६. अहिलेसम्म अलैचीको निकासी मुलतःभारतीय बजारमा मात्र छ भने चिनलगायत अन्य मुलुकमा समान्य रुपमा निकासी भएको अवस्था छ ।
७. भारतीय बजारमा पुगेको अलैचीमध्ये ५० प्रतिशत भारतीय बजारमा उपयोग हुन्छ भने बाँकी ५० प्रतिशत त्यही अलैची भारतीयव्यापारी मार्फत बंगलादेश, पाकिस्तान र खाडी मूलुकमा निकासी हुने गरेको छ । यसबाट भारतीय व्यापारीहरुले अत्याधिक फाइदा लिइरहेका छन् ।
८. भारत र भुटान हुँदै ठूलो मात्रामा अलैची बंगलादेश जाने गरेको छ । त्यहाँवाट जाने अलैचीमा भन्सार छुट हुने गरेको छ ।
९. नेपालीबाट सवैभन्दा बढी निर्यात हुने बस्तु अलैची भएकाले र दक्षिण एसियामा यसको मूख्यबजार बंगलादेश भएकाले नेपाल सरकारले अलैचीलाई बंगलादेशको बजारमा सोझै पुर्याउने प्रबन्धगर्नु पर्दछ । नेपालबाट बंगालादेशमा जाने १०८ बटा बस्तुमा भन्सर छुट रहेको सन्दर्भमा अलैचीमा समेत यो व्यवस्था लागु गरेमा नेपालीले फाईदा पाउने छन् ।
१०. अलैचीको अर्को ठूलो बजार खाडी मूलुक हुन । नेपाली अलैचीलाई सिधैं खाडी मुलुकसम्म पुर्याउन सरकारले उचित प्रबन्ध गर्नु पर्दछ ।
११. चीन अलैचीको अर्को विशाल बजार हो । तसर्थ सम्माननीय प्रधानमन्त्री केपी शर्मा अेलीको आसन्न चीन भ्रमणका अबसरमा अलैची निर्यातलाई मूख्य एजेण्डा बनाउन सरकारको गम्भीर ध्यानकर्षण गर्दछु ।
१२. अलैची उत्पादनलाई विशेष प्रोत्साहन गर्न कृषकहरुलाई प्राविधिक, वित्तियलगायत अन्य आवश्यक क्षेत्रमा सहयोग गर्ने, विशाल भण्डारन केन्द्र निर्माण गर्ने, प्रशोधन केन्द्र निर्माण गर्ने साथै बजारको शुनिश्चितता गर्ने हो भने अलैचीले नेपालको बैदेशिक व्यापार घाटा सन्तुलन गर्न ठूलो योगदान पु¥याउने निश्चित छ । अलैची विकास वोर्ड गठन गरी दिर्घकालीन योजनाका साथ काम गर्न सम्माननीय सभामुखमार्फत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु । साथै सबैभन्दा बढी अलैचीउत्पादन र निर्यात गर्ने ताप्लेजुङ्ग जिल्लालाई अलैचीको सुपर जोन घोषणा गर्न समेत मागगर्दछु ।










