काठमाण्डु, ३० जेठ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाह प्रभावकारी बनाउनका लागि आफू मातहतका कर्मचारीलाई चारबुँदे निर्देशन जारी गरेको छ ।

मन्त्रालयका शाखा अधिकृत रवीन्द्रजंग थापाले कर्मचारीलाई सार्वजनिक सेवा प्रभावकारी बनाउनका लागि चार बुँदे निर्देशन जारी गरिएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार सबै कर्मचारी तोकिएको समयमा कार्यालयमा रहन, कामको सिलसिलामा मन्त्रालय बाहिर जाँदा अनिवार्यरुपमा आफ्नो महाशाखा, आन्तरिक व्यवस्थापन शाखामा राखिएको लगबुक भर्न, खाजा खाने समय १ः३० बजेदेखि २ः३० बजेसम्म तोकिएकाले सोअनुसार गर्न र शुक्रबारबाहेक अन्य सबै दिनमा पोशाक लगाएर अनिवार्य आउन निर्देशन दिइएको छ ।

कर्मचारीले आफूले मनलाग्दी गर्न थालेपछि मन्त्रालयले निर्देशन जारी गरेको बताइएको छ ।