ताप्लेजुङमा आफ्नै श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत ताप्लेजुङले बुधवार श्रीमानलाई तीन वर्ष कैद सजाँय हुने फैसला गरेको छ।

फैसलामा पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएकोले उनको अंश बण्डाबाट जायजेथा नजुटे पीडितलाई सरकारबाट ५० हजार क्षतिपूर्ति भराउने उल्लेख छ। पीडकको जायजेथाबाट उक्त बराबर रकम भराउन सकिन भए भने पीडकबाटै पीडितलाई क्षतिपूर्ति दिलाउने फैसला जिल्ला अदालतले गरेको श्रेस्तेदार गोपालप्रसाद थापाले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ताप्लेजुङको फुङलिङ नगरपालिका घर भई अहिले फक्ताङ्लुङ गाउँपालिका बस्दै आएका पीडकको नाम खोल्दा पीडित समेतलाई असर पर्ने भन्दै अदालतले दुवैको नाम गोप्य राखेको छ। २०७१ सल साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी जिल्ला अदालतमा भने भदौ ३० गते पुगेको थियो । श्रेस्तेदार थापाका अनुसार प्रतिवादी फरार रहेकोले २०७१ साल फागुन २७ गते मुलतवी राखिएको मुद्दा मुलतवी बसेको २ वर्षपछि २०७४ साल माघ २६ गते जागेको थियो। जाहेरी परेको ४ वर्षपछि जिल्ला अदालतले पीडक विरुद्ध २०७५ साल जेठ ३० गते कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको हो। जाहेरीमा पीडितले श्रीमान्ले कान्छी श्रीमती लिएर भागेको र केही सयमपछि फर्केर आफूमाथि जवर्जस्ती करणी गरेको उल्लेख गरेकी थिइन्। टिभी अन्नपूर्ण ड्ट कम बाट