दमक/सवाल नेपाल डटकमका सम्पादक, गोरखापत्र दैनिक दमकका समाचरदाता तथा झापाको दमकमा डेढ दशक अघिदेखि पत्रकारिता गर्दै आउनु भएका पत्रकार विष्णुप्रसाद पोखरेलले रोटरी क्लव अफ दमकले यहि बर्षदेखि शुरु गरेको रोटरी पत्रकारिता सम्मानबाट सम्मानित बनेकाछन् ।
एक कार्यक्रमबीच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पोखरेललाइ सम्मानपत्र प्रदान गरेका थिए । रोटरी क्लव अफ दमकले एक बर्षभरी बिभिन्न कार्यक्रममा सहयोग गर्ने संघसंस्थाहरुको सम्मानका लागि राखिएको कार्यक्रममा पत्रकार पोखरेल सहित पूर्व सन्देश दैनिकका पत्रकार विष्णु पौड्याललाइ पनि सम्मान गरिएको थियो । पौड्याल पनि ढेड दशक अघि देखि दमकमा सक्रिय पत्रकारिता गर्दै आएकाछन् ।
क्लवका अध्यक्ष गंगाप्रसाद काफ्लेका अनुसार प्रत्येक बर्ष एक वा दूइ जना पत्रकारलाइ उसको योगदानको आधारमा रोटरी पत्रकारिता सम्मान गर्ने उदेश्यले यो कार्यक्रम शुरुवात गरिएको हो । रोटरी अभियानलाइ सार्थक बनाउन सञ्चारको समेत महत्वपूर्ण भूमिका हुने भएकाले यसमा सहयोग पुर्याउनेहरुलाइ सम्मान गरिएको उनको भनाइ थियो ।
कार्यक्रम संयोजक गंगाप्रसाद ढकालका अनुसार अध्यक्ष काफ्लेको कार्यकालमा सहयोग गर्ने बित्तिय संघसंस्था तथा बिभिन्न कार्यालयहरुलाइ प्रशंशापत्र प्रदान गरिएको थियो ।










