विष्णुप्रसाद पोखरेल दमक/झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार रहने नगरपालिकाको स्कारपियो गाडिमा बुधबार शंकाश्पद बस्तु फेला परेको प्रहरीले बताएको छ ।
उक्त शंकाश्पद बस्तु बिस्फोटक पदार्थ हुन सक्ने भएकाले शर्तकता अपनाएर नेपाली सेनाको बम डिस्पोजल टोलीलाइ बोलाएर निष्क्रिय पार्ने काम भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताए ।
गाडिको हुटमा शंकाश्पद पोको देखेपछि त्यो पोको आफूहरु नभएको र कतैबाट आएको हुनसक्ने भन्दै घर नजिकै केराको झाँङमा राखिएको थियो । शंका लागेर हेर्दा तर्साउने हिसावले नै बिस्फोटक पदार्थ राखेको हुन सक्ने पाईएको बताइन्छ ।
यसभन्दा अगाडि दमक ७ का वडाध्यक्ष भीम पौड्यालको घरमा नै बम बिस्फोट भएको थियो । जनप्रतिनिधिहरुलाइ तर्सित बनाउने गरी यस प्रकारका घटना भएपछि प्रहरीले दमकमा सुरक्षा ब्यवस्था कडा बनाएको छ ।










