पूर्वी युरोपमा पहिलोपल्ट विश्व फुटबलको महाकुम्भ हुँदैछ, जसको सौभाग्य रुसले पाएको छ । बिहीबार सुरु हुने यो महाकुम्भको सदुपयोग गर्दै इतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ, रुस । मस्कोस्थित लुजनिकी रंगशाला, जहाँ विश्वकप फुटबलको २१औं संस्करणको आज उद्घाटनसँगै आयोजक रुस र साउदी अरेबिया भिड्दै छन् ।

३२ राष्ट्र सहभागी महाकुम्भको भव्य उद्घाटन मस्कोस्थित लुजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुजनिकी र स्पार्टक छन् भने अन्य १० सहरमा १–१ रंगशाला छन् । विश्वकप खेलिरहेका राष्ट्रको सूचीमा रुस र साउदी अरेबिया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन इतिहासकै कमजोर खेलका रूपमा हेरिएको छ ।

ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन प्रबल दाबेदारका रूपमा रहेका छन् । अर्जेन्टिना, इंग्ल्यान्ड, बेल्जियम, पोर्चुगल त्यसपछिका सूचीमा देखिएका छन् । आयोजक रुसलाई समूह चरण पार गर्नै निकै ठूलो चुनौती छ ।

२१ औं संस्करणको विश्वकप इतिहासकै सबैभन्दा महँगो फुटबल प्रतियोगिता पनि हो । प्रतियोगिता आयोजनामा रुसले १२ देखि १४ अर्ब खर्च गर्ने जनाएको थियो । विश्वकपमा सहभागी हुने टिमले कम्तीमा ८० लाख डलर पाउने छन् ।

प्रि–क्वाटर फाइनल पुग्ने राष्ट्रले १ करोड २० लाख डलर, क्वाटर फाइनल पुग्नेले १ करोड ६० लाख डलर, चौथो हुनेले २ करोड २० लाख डलर, तेस्रो हुनेले २ करोड ४० लाख डलर, उपविजेताले २ करोड ८० लाख र विजेताले ३ करोड ८० लाख डलर पाउने छन् । यस पटकको विशेषता विश्वकपमा पहिलो पटक भारको प्रयोग गरिँदै छ । भार अर्थात् भिडियो असिस्टेन्ट रेफ्री । रेफ्रीसहित मैदानमा रहेका निर्णायहरूले नदेखेका कुरा रेफ्रीमार्फत भारको प्रयोग गरेर गलत र सही छुट्याइने छ ।

यसले विगतमा निम्त्याउने गरेको प्रमुख विवादलाई किनारा लगाउने अपेक्षा गरिएको छ । तर खेलको जुन लय र गति हुन्छ, त्यसलाई भारले बिथोल्छ भन्ने तर्क पनि आएका छन् ।

यो विश्वकपले १९८० को मस्को ओलम्पिकलाई पनि सम्झाएको छ । रुसले आयोजना गरेको उक्त ओलम्पिकमा ८० राष्ट्र मात्र सहभागी थिए । १९५६ यता त्यो सबैभन्दा कम राष्ट्र सहभागी ओलम्पिक थियो । यसको मुख्य कारण अमेरिका थियो । सोभियत युनियनले अफगानिस्तानमा गरिरहेको आक्रमणलाई लिएर अमेरिकाकै नेतृत्वमा ६६ राष्ट्रले मस्को ओलम्पिक खेलेका थिएनन् ।

यस विश्वकपको विशेषता भनेको रुस विश्वकप छनोटमा योग्य सबै २ सय ९ राष्ट्र सहभागी थिए । जिम्बावे र इन्डोनेसिया पहिलो चरणको छनोट खेलेपछि निष्कासनमा परेका थिए । अमेरिका छनोट नै भएन । उत्तर अमेरिका, दक्षिण अमेरिकी चिली र अफ्रिकाको क्यामरुन यस विश्वकपमा छनोट हुन नसकेका महादेशीय च्याम्पियनहरू हुन् ।

रुसले विश्वकप आयोजना पाउने क्रममा अमेरिका र इंग्ल्यान्डलाई उछिनेको थियो । यसले धेरै समय अमेरिका र इंग्ल्यान्डलाई रन्थनाएको थियो । अमेरिकाको यो रिस सम्भवतस् बुधबारबाट केही मत्थर भएको छ । अमेरिकाको नेतृत्वमा मेक्सिको र क्यानडाले मोरक्कोलाई पराजित गर्दै २०२६ को विश्वकप आयोजनाको अधिकार पाएका छन् । रसियाले विश्वकप सफलतापूर्वक सम्पन्न गर्न १४ खर्ब ८० अर्बभन्दा बढी खर्च गर्दै छ, जुन पछिल्लो ८८ वर्षको सर्वाधिक रकम हो ।

सर्वाधिक महँगो खेलकुद प्रतियोगिता विश्वकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । रसियाले विश्वकप आयोजना गर्न १४ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दै छ, जुन विश्वकप फुटबल इतिहासको ८८ वर्षयताकै सर्वाधिक ठूलो रकम हो । विश्वकप आयोजक राष्ट्रको अधिकार पाउँदा रसियाले सुरुवातमा १ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ खर्च हुने जनाएको थियो । तर, रसियाले रंगशाला, यातायात, सुरक्षा, विमानस्थल र, स्वास्थ्यलगायत क्षेत्रमा एक्कासि बजेट बढेको हो ।

९९ देशको कुल गार्हस्थ उत्पादनभन्दा बढी
रसियाले पर्यटन र विज्ञापनमा खर्चेको रकम जोडेको छैन । सो खर्च पनि जोड्दा १ लाख ४३ हजार करोड हुन जान्छ, जुन रकम विश्वभरका २ सय ११ मध्ये ९९ देशको कुल गार्हस्थ उत्पादनभन्दा बढी हुन्छ । विश्वभरका १ सय १२ देश मात्रै रसियाले गर्न लागेको खर्चभन्दा गार्हस्थ उत्पादनमा माथि हुनेछन् ।

कहाँ कति खर्च
रसियाको अर्थतन्त्रले विश्वकप आयोजना गरेपछि आउँदो १० वर्षमा ३३ अर्ब डलर फाइदा गर्नेछ । मस्को टाइम्सका अनुसार रसियाले खेल र इन्फ्रास्ट्रक्चर निर्माणका लागि ३० प्रतिशत खर्च गरेको छ । यसैगरी, यातायात, स्वास्थ्य र सुरक्षामा करिब ५० प्रतिशत खर्च गर्दै छ । २० प्रतिशत होटेल तथा अन्य आवश्यक कामका लागि खर्च गर्दै छ । रसियाले विज्ञापन तथा फेसनमा मात्र ४ खर्ब रुपैयाँ खर्चेको छ । यसैगरी, प्रविधि र स्पोर्टस् बियरमा ८० अर्ब रुपैयाँ खर्चनेछ ।

चीनमा धेरै विज्ञापन
रसियाले विश्वकपको प्रचार–प्रसारका लागि विभिन्न राष्ट्रमा लगानी गरेको छ । यस शीर्षकमा २५ हजार करोड नेपालीबराबरको विज्ञापन हुनेछ । सबैभन्दा बढी चीन र अमेरिकामा खर्च हुँदै छ । जब कि दुवै देश विश्वकपमा सहभागी छैनन् । तर, यहाँ फुटबलको लोकप्रियता निकै माथि छ । यो देशमा सपिङको खर्च अत्यधिक रहेको छ । आयोजक रसियामा भने ४ सय ३२ करोड नेपाली खर्च हुँदै छ ।

१५ लाख विदेशी पर्यटक रुसमा
विश्वकपका दौरान रुसमा करिब १५ लाख विदेशी पर्यटक पुग्ने अनुमान गरिएको छ, जुन रुसको पर्यटनमा करिब ४ सय प्रतिशतले बढी हो । त्यस्तै, आन्तरिक रूपमा पनि ठूलो मात्रामा दर्शक देशका धेरै सहर पुग्दै छन् । देश–विदेशका प्रशंसकले करिब २० हजार करोड खर्च गर्दै छन् विश्वकपका लागि शनिबार मात्र फिफाले करिब १।२० लाख टिकट १ घन्टाभित्र बिक्री गरेको थियो । आयोजकले विश्वकपमा छनोट नभएका देशको पनि ठूलो सहभागिता रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah