प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा हिमालय एयरलाइन्सबाट जाने भएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिए ।
नेपाली निजी कम्पनीको वायुसेवालाई सरकारलाई पैसा तिरेर प्रयोग गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । उनले भने, ‘भारत जाँदा हामीले नेपाल एयरलाइन्स प्रयोग गरेका थियौं, अब चीन जाँदा हिमालय एयरलाइन्स प्रयोग गर्छौं । नेपाली निजी लगानीकर्तालाई प्रमोट गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।’
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा मस्यार्ङ्दी नदी प्रणालीबाट १००० मेगावाट हाइड्रो प्रोजेक्ट निर्माण सम्बन्धि सम्झौता हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । ओली आउँदो असार ५ गते चीन भ्रमण जाने तय भएको छ । दैनिक नेपाल बाट साभार










