अलिकिस नामको रुसी बिरालोले विश्वकप फूटबल प्रतियोगिताको उद्घाटन खेल रसियाले नै जित्ने भनि गरेको भविष्णवाणि सही सावित भएको छ । बिहिबार अबेर सम्पन्न खेलमा रसियाले साउदी अरबलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

भविष्यवाणीका लागि सो बिरालोको अघि दुईवटा प्लेटमा उसलाई मनपर्ने खानेकुरा राखिएको थियो । एउटा प्लेटसँगै साउदी अरेबिया र अर्को प्लेटसँगै रसियाको झण्डा राखिएको थियो ।

त्यसपछि टेबलमा राखिएको अकिलिसले दुवै तर्फका प्लेट केहीबेर हेर्‍यो । अन्त्यमा रुसी झण्डासँगैको प्लेटमा रहेको खानेकुरा खायो ।

सन् २०१० को विश्वकपमा अक्टोपस पलले भविष्यवाणी गर्न शुरू गरेदेखि जनावरहरूले भविष्यवाणी परम्परा जारी छ ।

यसपटक विश्वकपमा म्याचअघिको आधिकारिक भविष्यवक्ताका रूपमा यही बिरालोलाई चयन गरिएको छ । उसले अघिल्लो वर्ष कन्फेडेरेसन कपमा पनि भविष्यवाणी गरेको थियो ।

अकिलिस मानिससँगको सामीप्यका लागि जानिन्छ । ऊ जन्मँदै बहिरो थियो तर त्यसले झन् उसको भविष्यवाणी क्षमतालाई तिखारेको देखिन्छ ।

अकिलिस बिरालोले रुसमै भएको कन्फेडेरेसन कपमा तीनचौथाइ भविष्यवाणी सही मिलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah