के बि महरा/ डोटि डोटि जिल्लाबाट दुईपटक मनोनित भैसक्नु भएका सांसद प्रेमबहादुर आले ले सरकारले फेरिपनी प्रदेश न.७ लाई उपेक्षा गरेको आरोप लगाउनु भएको छ ।

संसदमा बोल्दै सांसद आलेले राज्यको हेपाह प्रवृत्तिकै कारण ७ न. प्रदेश बिकासमा पिछडिएको आरोप लगाउनुभएको हो। सरकारकै मन्त्रीहरु द्वारा सहमती जनाईएका कैयौं बिकासका योजना हरुमा मन्त्रीहरुलेनै झुठो बोलेको भन्दै सांसद आलेले घोर आपत्ती जनाउनु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले विनियोजन गरेको आर्थिक बर्ष ०७५/७६ को बजेटका बारेमा आफ्नो धारणा राख्दै सांसद आलेले आफुहरु जनताको सपोर्टले गर्दा नै यो स्थानसम्म आईपुगेको नबिर्सन मन्त्रीहरुलाई चेतावनी समेत दिनुभयो। बिकासप्रती समर्पित डोटि जिल्लाबाट मनोनित तत्कालिन एमालेका युवा नेता तथा सांसद आलेले आफुले जनता समक्ष देखाएका सपनाहरु पूरा गरेरै छाड्नेमा आफु दृढ रहेको बताउनु भएको छ।