विराटनगर, असार १ । प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्षको लागि आज बजेट ल्याउँदैछ । सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आज ४ बजे प्रदेशसभामा बजेट पेश गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेश सरकार बनेपछि पहिलो पटक पूर्णबजेट ल्याउन लागेको सरकारले करिब ३५ अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जसमा २९ अर्ब संघीय सरकारबाट प्राप्त अनुदान र राजश्व तथा ५ अर्ब बढि आन्तरिक आम्दानी हुने अनुमान प्रदेश सरकारको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालको बजेट महाशाखा प्रमुख हरिहर पौडेलका अनुसार प्रदेश सरकारलाई संघीय सरकारले कुल २८ अर्ब ८१ करोड ८१ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

जसमा सशर्त अनुदानतर्फ १३ अर्ब २७ करोड ६७ हजार, वित्तीय समानीकरणअन्तर्गत ६ अर्ब ६१ करोड ३ हजार र राजस्व बाँडफाँडबाट ८ अर्ब ९३ करोड ११ लाख ८१ हजार रुपैयाँ प्राप्त हुनेछ ।

प्रदेश सरकारलाई घरजग्गा रजिस्ट्रेसन, पर्यटन, सवारी, मनोरञ्जन, विज्ञापन र प्राकृतिक स्रोधसाधनबाट राजस्व सङ्कलन गर्ने अधिकार रहेको छ । त्यसबाट न्युनतम् ५ अर्ब संकलन गर्ने मन्त्रालयको अनुमान छ ।  एभरेष्टदैनिक.कम अनलाइन पत्रिका बाट साभार