बिर्तामोड।

बिर्तामोडस्थित निड इम्प्लोइमेन्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विष्णु तिम्सिना पक्राउ परेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही कार्यालयमा कार्यरत् महिला कर्मचारीले दिएको जाहेरीको आधारमा ५० बर्षीय तिम्सिनालाई प्रहरीले विहीवार पक्राउ गरेको हो । तिम्सिनालाई जवरजस्ती करणी उद्योगको आरोप लागेपछि उनी पक्राउ परेका हुन् ।

आफ्नै अफिसमा काम गर्ने १७ बर्षीया एक युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तिम्सिनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।आमसञ्चारबाट