एजेन्सी। अमेरिकी खुफिया एजेन्सीका उक शीर्ष अधिकारीले विश्वकपका लागि रुस यात्रा गर्ने फुटबल प्रशंशकहरुलाई सचेत गराउँदै मस्कोका साइबर जासुसले उनीहरुको फोन र कम्प्युटर ह्याक गर्न सक्ने चेतावनी दिएका छन् ।
नेशनल काउन्टर इन्टेलिजेन्स एण्ड सेक्युरिटी सेन्टरका निर्देशक विलियम इवानियाले भनेका छन् कि रुसमा यस्ता व्यक्तिहरुलाई पनि निशाना बनाइनेछ जसले आफूलाई ह्याकिङ गर्नको लागि महत्वपूर्ण व्यक्ति सोच्दैनन् । उनले फ्यानहरुलाई आफ्नो ल्यापटप, मोवाइल लगायतका इलेक्ट्रोनिक सामग्री प्रयोग गर्दा सुरक्षा फिचर प्रयोग गर्न र सावधानी अपनाउन चेतावनी दिएका छन् ।
-डिसी नेपाल बाट



