प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग मिलेर व्यवस्थित शहर विकास गर्ने योजना बनाउन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
शुक्रवार भृकुटीमण्डपमा आयोजित वृहत घरजग्गा प्रदर्शनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र बिकासमा सहयोग पुर्याउन आग्रह गर्नुभएको हो । ‘देशमा सुशासन र विकासका हामी जे गर्नपनि तयार छौं, संविधान परिर्वतन गर्नुपर्छ भने पनि गछौंं, कानुन परिर्वतन गर्नुपर्छ भनेपनि गर्छौ’ उहाँले भन्नुभयो ।
उहाँले संविधानमा नचाहिने व्याख्या हुने गरेको प्रति लक्षित गर्दै आवश्यक परे संविधान संसोधन गर्न सकिने बताउनुभयो । ‘आवश्यक परे संविधान संसोधन गर्न सकिन्छ भनेर मैले भन्दा ठ्याक्क कान थुन्छन्, अनि भन्छन् केपी ओलीले संविधानको कमा फुलिष्टप पनि चलाउनु हँुदैन भन्यो भनेर’ उहाँले भन्नुभयो,‘नचाहिंदो नचाहिदो कुरा गरेर, जेजे भन्यो गर्न पाइन्छ भन्ने होइन । चाहिने कुरामात्र गरिन्छ । देशको हितको कुरा गरिन्छ । राष्ट्रको हितको लागि जहिले जहाँ जे आवश्यक हुन्छ त्यो गर्नुपर्छ ।’
‘समृद्ध नेपाल र सुखी नेपाली’ को अवधारणाले अव सार्थकता पाउने बताउँदै उहाँले द्वन्दकाल सकिएकाले सात प्रदेशमा स्थानीय काम सम्पन्न हुने हुँदा काठमाडौ नै धाउनुपर्ने अवस्था नरहकाले चाप घट्ने बताउनुभयो । प्रत्येक प्रदेशका गतिविधि प्रदेशमा नै हुने भएकाले विकास र समृद्धिले अव गति लिने बताउनुभयो । केही व्यक्ति स्वार्थका लागि चन्दा उठाउँदै क्रान्ति गरिरहेको भन्दै त्यस्तो भ्रममा नरहन सुझाव दिनुभयो । ‘चन्दाको नाममा मान्छेलाई तर्साएर लुट्ने कार्य केही ठाउँमा भइरहेको छ, तर देश टुक्र्याउने, देशद्रोही कुरा गर्नेलाई यो सरकारले सहँदैन’ प्रधानमन्त्रीले भन्नुभयो,‘उसको त जिन्दगी यस्तै गन्हाउने काठमाडौंमा गयो गयो तर नातिनातिनाको पनि त्यही जिन्दगी बनाउन खोज्दैछन् ।’
आधुनिक नेपाल बनाउने कार्यमा सवैले सहयोग गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले केही व्यक्तिलाई आफ्नो काम चित्त नबुझेको बताउनुभयो । ‘केपी ओली मन परेन होला । ए बाबा एउटा मान्छे कति दिन बाँच्छ ? त्यो मन नपरेपनि देश त बाँचोस्, कमसेकम त्यही मन नपरेकै मान्छेबाट पनि अलिकता देश अगाडि बढ्यो भन्ने सोच्नुस्’ उहाँले भन्नुभयो । घरजग्गा मेला असार ५ गते सकिने छ । मेलामा घरजग्गा, फर्निचर, विद्युतिय सामाग्री, बैंक तथा वित्तिय संस्थाहरुका स्टल राखिएका छन् । चक्रपथ बाट










