काठमाडौं - बेतलबी बिदा लिएर विदेश जाने तर फर्केर कार्यालयमा हाजिर गर्न नआउने कर्मचारीलाई सरकारले लगाम लगाउने भएको छ ।

यसैगरी आफूखुसी अध्ययन बिदामा विदेश जाने कर्मचारीलाई पनि सरकारले लगाम लगाउने भएको समाचार आजको नागरिकको पृष्ठ ३ मा समाचार छापिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले बेतलबी बिदा बसेका कर्मचारी बिदा अवधि सकिएपछि अनिवार्य रुपमा कार्यालयमा हाजिर हुन आउनुपर्ने प्रावधान राख्दै संघीय निजामति सेवा ऐन २०७५ को मस्यौता तयार गरेको छ ।

मस्यौदामा कर्मचारीहरु आफूखुसी अध्ययन भ्रमणका नाममा विदेश जान नपाउने प्रावधान राखिएको छ ।