नयाँ शक्ति पार्टी, नेपालको महाधिवेशन आयोजक समितिको बैठकले सात सदस्यीय कार्यालय टिम गठन गरेको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको बैठकले सात सदस्यीय कार्यालय टिम गठन गरेको हो । दैनिक कार्यसम्पादन सहज तुल्याउन पार्टी संयोजक डा।बाबुराम भट्टराई नेतृत्वको कार्यालय टिम निर्माण गरिएको छ । टिममा डा.बाबुराम भट्टराई, डम्बर खतिवडा, गंगा श्रेष्ठ, नवराज सुवेदी, पर्शुराम खापुङ, प्रशान्त सिंह र हिसिला यमी रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘दैनिक कार्यसम्पादनका लागि कार्यालय टिम बनाइएको हो’, पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डले भने, ‘यो कुनै नयाँ मर्यादाक्रम होइन, सबै कार्यालय सदस्यहरू महाधिवशेन आयोजक समितिका सदस्यहरू हुन् ।’

आगामी मंसिरमा महाधिवेशन घोषणा गरेको नयाँ शक्तिमा अहिले बहुपदीय प्रणालीमा गइसकेको छैन । यसअघि सहसंयोजकको व्यवस्था गरे पनि लुम्बिनी बैठकपछि उक्त व्यवस्था पनि हटाइसकिएकोले पार्टी संयोजकलाई दैनिक कार्यसम्पादनका लागि सहज होस् भनेर कार्यालय टिम बनाइएको पाण्डेले जानकारी दिए ।

बैठकले यसअघिको ‘अबको निकास, आर्थिक विकास’लाई परिमार्जन गरेर ‘अबको निकास, समावेशी विकास’ बनाएको छ । सहभागिता मुलुक लोकतन्त्रमा विश्वास गर्ने नयाँ शक्तिले ५ ‘स’को अवधारणालाई अगाडि बढाएको छ ।

समुन्नत समाजवादलाई ध्येय बनाउँदै आएको पार्टीले समृद्धिले पछाडि परेका वर्ग, जाति, क्षेत्र र लिंगलाई विकासको मूल प्रवाहमा ल्याउनुपर्ने मान्यता अगाडि सार्दै आए