केहि दिन अघि देखि पश्चिम् नेपालका विभिन्न स्थान हरुमा हिलो सहितको बर्षात देखिएको थियो। सो क्रम बिस्तारै देशका अधिकांश भाग हरुमा समेत देखिन थालेपछी मौसम विभागले यसप्रती चासो देखाएको छ। उक्त हिलो सहितको पानी बर्षात हुनुको कारण भारतको राजस्थान हुँदै नेपाल प्रवेस गरेको हावाले ल्याएको धुलोका कारण फोहोर पानी परेको जल तथा मौशम पुर्वानुमान माहाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् सुवास रिमालका उच्च वायुमण्डलमा भारतबाट आएको धुलो टाँसिएपछि फोहोर पानी परेको हो । अरु बेलामा पनि उच्च वायुमण्डलमा भारतबाट धुलो आउने गरेको छ । तर पानी नपर्दा यो वायुमण्डलबाट नै मध्य क्षेत्र हुँदै पूर्वबाट बाहिरिने गरेको उहाँको भनाई छ । ।










