काठमाडौँ। नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा पुस्कर आचार्य निर्वाचित भएका छन्।

छैँटौँ महाधिवेशनको निर्वाचन मतपरिणामअनुुसार आचार्यले ८१८ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी ट्रेड युनियन काँग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले ५३३ मत ल्याएको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष ९खुला० तेजेन्द्रजंग कार्की र अजयकुमार राई, उपाध्यक्ष ९महिला० इन्दिरा सापकोटा, उपाध्यक्ष ९सेवा० नेत्रविक्रम थापा, उपाध्यक्ष ९उत्पादन० ललित श्रेष्ठ, उपाध्यक्ष ९अनौपचारिक० आशासिंह राठौर र महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित भएका छन्।

यसैगरी उपमहासचिव ९खुला० गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव ९महिला० राधिका कुँइकेल, उपमहासचिव ९सेवा० सीताराम अवस्थी, उपमहासचिव ९अनौपचारिक० राजेश पालिखे, उपमहासचिव ९उत्पादन० ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित भए।

यस्तै २७ केन्द्रीय सदस्य निर्वाचित भएका छन्। दाहाल र आचार्यबीच दुई समूह बनाएर भएको निर्वाचनमा एक सदस्यबाहेक सबै आचार्य समूहका उम्मेदवार विजय भएका छन्।

कूल एक हजार ४२० मतदाता रहेको ट्रेड युनियन काँग्रेसमा एक हजार ३९८ मत खसेको निर्वाचन समितिका सदस्य अरुण पौडेलले जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष आचार्यले संचारकर्मीसँग सँग कुरा गर्दै नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्दै, मजदूरलाई आर्थिकरुपले सरल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामूलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्ने बताए।