नागिरक अभियन्ता डा. गोविन्द केसीले मुखमा टेप र हातमा प्ले कार्ड बाेकेर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले माइतीघर मण्डला लगायतका केहि स्थानमा नागरिक प्रदर्शनमा रोक लगाएको विरोधमा डा. केसीले शनिबार प्रदर्शन गरेका हुन् ।

मुखमा टेप लगाएर माइतीघर चोकमा उभिएका डा. केसीले एउटा हातमा ‘नागरिक स्वतन्त्रता खोस्न दिदैनौं । निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं’ र अर्को हातमा ‘म रैती होइन, सार्वभौम नागरिक हुँ’ भन्ने प्ले कार्ड बोकेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफूहरुको आन्दोलनको बलमा लोकमान सिंह कार्की, गोपाल पराजुलीहरुकाे कुर्सी ढलेको याद दिलाउँदै उनीहरु त पात्र मात्र भएको र मुख्य पात्र दलका नेताहरु भएको उनले उद्घाेष गरे ।

डा. केसीले भ्रष्टाचार, वेथितीविरुद्ध आफ्नो आन्दोलन जारी रहेको बताए । तर, सरकारले नागरिकको मुख थुन्न माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको भन्दै डा. केसीले भने, म ओलीजीलाई भन्छु, हामी आवाज बुलन्द गर्छौं, यहीबाट लड्छौं । कसरी रोक्दा रहेछौं हेरौं ।’

यसअघि डा. केसी मेडिकल शिक्षाकाे बेथितिविरूद्द पटकपटक अनसन बसेका थिए ।