दमक/मौसम पूर्वानुमान महाशाखाले मरुभूमिको धूलो उडेर आउँदा नेपालमा धमिलो वर्षा भएको बताएको छ।
राजधानी काठमाडौंलगायत देशका विभिन्न ठाउँमा शुक्रबार साँझदेखि शनिबार बिहानसम्म हिलोसहितको पानी परेको थियो।
महाशाखाले शनिबार विज्ञप्ति जारी गर्दै पहेँलो धूलोसहित धमिलो पानी परेको उल्लेख गरेको छ। भारतको राजस्थान आसपास मरुभूमिमा केही दिनदेखि चलेको धूलोसहितको हुरीले धमिलो पानी परेको हो।
महाशाखाको विज्ञप्तिमा शुक्रबार रातीबाट धमिलो वा पहेंलो रंगको हिलो मिसिएको पानी परेको देखिएको उल्लेख छ|
राजस्थान आसपास मरुभूमिमा धूलोसहित हुरी चलिरहेको र पूर्वतिर सर्ने क्रम जारी रहेकाले अझै केही दिन मनसुन सक्रिय हुने अनुमान गरिएको छ।
नेपालको वायुमण्डल तथा पानीमा अझै केही दिन धूलोको प्रभाव देखिने महाशाखाले जनाएको छ।
झापामा पनि लेदो सहितको बर्षा भएको छ । मोटरसाइकल तथा सवारी साधनहरुमा हिलो प्रष्टै देखिन्थ्यो । मानिसहरु यो देखेर छक्क परेका थिए ।










