काठमाडौं -नेपाल विद्युत प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा विद्युत अभाव हुन नदिने घोषणा गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहेजति नै विद्युत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले विशेष आर्थिक क्षेत्रमा विद्युतको अभाव रहेको नभन्न पनि सम्बन्धित निकायसँग आग्रह गरे ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले विशेष आर्थिक क्षेत्रका लागि ६ महिना अघि नै साविकको उद्योग मन्त्रालयमा आवश्यक विद्युत उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त गरेको पनि स्मरण गराए ।

प्राधिकरणले भैरहवा विशेष आर्थिक क्षेत्रका लागि तत्काल विद्युत उपलब्ध गराउन सकिने पनि स्पष्ट पारेको छ ।

भैरहवा विशेष आर्थिक क्षेत्रमा तत्कालका लागि चाहिने १३ दशमलव ५ मेघावाट विद्युत उपलब्ध गराउन कुनै पनि समस्या रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्पष्ट गरे ।

सरकारले घोषणा गरेका सबै विशेष आर्थिक क्षेत्रमा विद्युत उपलब्ध गराउन आवश्यक सव स्टनेशनहरुको व्यवस्था गरिसकेको प्राधिकरणको दावी छ । रातोपाटि बाट