मस्को । सपना नै थियो हानेस होल्डोरसनका लागि । नहोस् पनि किन ? संसारकै खतरनाका मानिने मेस्सीको प्रहार रोक्ने जिम्मेवारी उनको काँधमा थियो ।
आइसल्याण्ड पहिलोपटक विश्वकपमा पुगेको टीम । त्यसैपनि मन अत्तालिन्छ ।
तर होन्डोरसनले निकै कुशलतापुवर्क अर्जेन्टिनी टीमको वरिपरि बुनिएको प्रतिबिम्ब भत्काउन सफल भए ।
उनले कौशलता नदेखाएको भए अर्जेन्टिनाले ५ भन्दा बढी गोल पक्कै गथ्र्यो होला ।
मेस्सी, जसको खुट्टामा बल परेपछि पोष्ट नपुगि रोकिँदैन भनिन्छ । तर हिजोको खेलमा भने उनी चलेनन् । चल्न पाएनन् । चल्नबाट रोकिए ।
यतिसम्म कि पेनाल्टीको सुन्दर अवसर समेत उनले उपयोग गर्न सकेनन् ।
फ्रिकीक पाएको बेला पोर्चुगलका रोनाल्डोले अगाडिको रक्षापंक्तिलाई छक्याउँदै बाउन्स प्रहार गरेर गोल गर्न सफल भएको बेला एकमात्र गोलकिपरलाई समेत भेदन गर्न नसकेपछि मेस्सीको अवस्था के भयो होला सहजै अनुमान गर्न सकिन्छ ।
र, मेसीलाई यो अवस्थामा पु¥याउन सफल भए यीनै होन्डरसन ।
फिफाको आधिकारिक वेभसाइटसँग कुरा गर्दै होन्डरसनले आफ्नो सपना साँचो भएको बताए ।
“पेनाल्टीलाई जोगाउनु मेरा लागि सपना जस्तै थियो । यो एउटा निर्णायक पल थियो । यसले हामीलाई एक एक बराबरी अंकमा टिकिराख्न महत्वपूर्ण भूमिका खेल्यो ।”
हैल्डोरसलले अगाडि भनेका छन्, “मैले मेसीका धेरै पेनाल्टी किक हेरेको थिएँ । उनी प्रहारका लागि अगाडि आउँदा मलाई उनी मेरो बारेमा के सोचिरहेका होलान भन्ने अनुभूति भयो । अनि यसअघिका सबै पेनाल्टी किक हेरेको आधारमा मैले उनले पक्कै पनि मेरो दायाँतर्फ बल प्रहार गर्ने सोचेँ ।”
आइसल्याण्डको प्रदर्शन पहिलोपटक विश्वकप खेल्न गएको टीम जस्तो थिएन । कतिपयले यसलाई फाइनल खेल हेरेजस्तो माने । तर आइसल्याण्डको अबको प्रदर्शन कस्तो हुन्छ, त्यो भने यसै साता बिहिबार नाइजेरियासँग हुने खेल हेरेपछि भन्न सकिएला ।
तर एउटा सत्य चाहिँ के हो भने आइसल्याण्डसँग बराबरी अंक बुटल्न बाध्य भएको कारण अर्जेन्टिनाका लागि भने अंकतालिकामा माथि उक्लिन शुरुआतमैं ठूलो समस्या परेको छ ।
सन १९८४, अप्रैल २७ मा जन्मेका हाल्डोरसन पेशाले चलचित्र निर्माता हुन । उनको फुटबल यात्रा त्यति लामो पनि छैन । उनले सन् २०१२ को मार्चमा नर्वेजियन क्लब एस के ब्रानका गोलकिपर पिटोर लेसिजेव्स्की घाइते भएपछि उनको स्थानमा गोलकिपरको जिम्मेवारी लिएका थिए ।



