अरुण तेस्रोको सुरुङ खन्ने क्रममा मकालु गाउँपालिकाको फ्याक्सिन्दामा शुक्रबार राती पुरिएका ४ जनाको आईतबार सुरक्षाकर्मीले सकुशल उद्दार गरेका छन्।

प्रदेश १ का प्रहरी प्रमुख डिआईजी केदार रिजालले संखुवासभामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत चारजना कामदारलाई सकुशल उद्दार गरिएको बताएका हुन्।

उनले आइतबार बिहान पहिरो खस्न कम भएपछि सेना, सशस्त्र र प्रहरीको टोलीले उद्दार गरेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘घटनास्थलबाट दिएको रिर्पोटिङमा चारैजना जिवित उद्दार भएको भन्ने आएको हो, थप अवस्थाका बिषयमा हामी बुझी रहेका छौं’ डिआईजी रिजालले नेपालखबरसँग भने।

घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दासहित ६ वटा स्काईभेटर र डोजर परिचालित भएका थिए। नुमको फ्याक्सिन्दामा निर्माणाधिन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे पहिरो झरेको थियो।

सुरुङमा पुरिएर २ नेपाली र २ भारतीय कामदार बेपत्ता भएका हुन । सुरक्षाकर्मीले कालिकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोरको उद्दार गरिएको हो।