दमक/उपचारमा आर्थिक अभाव झेलिरहेका भुटानी शरणार्थी अगुवा डा. भम्पा राइ दम्पतीलाइ बेलायतमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेकाछन् । बेलायत बस्नुहुने भक्तबहादुर बेघा र सुवर्ण ताम्राकारको अगुवाइमा २ लाख ११ हजार ३ सय ५५ रुपिया आइतवार सहयोग गरिएको हो ।
बेलायतमा आफन्तबाट डा.राइ दम्पतीलाइ पठाएको रकम गजेन्द्र देवान, दम रेडक्रसका सभापति प्रकाश बुढाथोकी, सामाजिक तथा राजनीतिक अगुवा तीर्थराज बस्नेत (शंकर),आइन्द्र केरुङ लगायतको उपस्थितिमा प्रदान गरिएको थियो ।
लामो समय दमकमा रहेर निशुल्क शरणार्थी तथा यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गरेका डा.राइ अहिले आफै थला परेकाछन् । उपचारमा उनलाइ समस्या रहेको छ । उनको तेश्रो पटक आन्द्राको अप्रेसन भएको छ ।
दम्पती नै बिरामले थलिएकाले ठूलो रकम लाग्ने बताईएको छ । उनको सहयोगका लागि स्वतस्फूर्त रुपमा प्रयास भइरहेको पाईएको छ । उनलाइ थप आर्थिक सहयोगको आवश्यकता रहेको र आफूहरुले समेत पहल गरिरहेको रेडक्रस दमकका सभापति बुढाथोकीले बताए ।









