प्रधानमन्त्री केपी शर्मा ओली आउने मंगलबार उत्तरी छिमेकी चीनको राजकीय भ्रमणमा निस्कँदै छन् । परराष्ट्र मन्त्रालय ओलीको भ्रमणमा पुरानै एजेण्डाले प्राथमिकता पाउने भनिरहेको छ ।
तर, परराष्ट्रका जानकारहरु चीनसँग नयाँ उचाईमा कुरा गर्न सकिने बताईरहेका छन् । मुख्य गरी पटक–पटक चर्चामा आएको चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण मूल एजेण्डा हुनुपर्ने उनीहरुको जोड छ ।
हिमालय एयरलाइन्सको विमानबाट चीन भ्रमणमा जाने तयारी गरेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङका साथै त्यहाँका शीर्ष नेताहरूसँग उच्चस्तरीय भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सि, प्रधानमन्त्री ली खछ्यिाङलगायत नेतासँग उच्चस्तरीय भेटवार्ता गर्ने छन् ।
सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न प्रधानमन्त्री ओलीको उपस्थितिमा नेपाली दूतावासले बेइजिङमै मैत्रीपूर्ण दौड आयोजना गर्ने भएको छ ।
चिनियाँ समकक्षीसँग प्रधानमन्त्री ओलीले राख्ने एजेन्डा १. त्यान्जिन, सांघाइ र गोन्जाओलगायतका तीन वटा समुद्री बन्दरगाह, दुईवटा सुख्खा बन्दरगाह तथा यातायातसम्बन्धी सम्झौता । २. कच्चा पदार्थ आयातमा कर कटौती र नेपाली बजारयोग्य वस्तुलाई बजारसम्मको पहुँच । ३. खुला व्यापार सम्झौता (अझै केही विषयमा छलफल बाँकी रहेको) ४. नेपालमा चिनियाँ बैंकको शाखा खोल्ने सम्झौता । ५. सीमा नाकाको स्तरवृद्धि र तातोपानी नाका पुनः खोल्ने सम्झौता ६. विद्यमान बन्दरगाहको अधिकतम प्रयोग र रसुवामा सुख्खा बन्दरगाह निर्माण । ७. उत्तर दक्षिण मार्गको स्तरउन्नति र सबै मौसममा प्रयोग गर्न मिल्ने गरी बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गतका ७ वटा नाकाको सुधार । ८. प्रस्तावित रेल्वे लाइनको विस्तृत परियोजना प्रतिवेदन । ९. तिब्बेतेली राजमार्गको प्रयोगसम्बन्धी सम्झौता । १०. तातोपानीमा पुल निर्माणसम्बन्धी समझौता ११. काठमाडौं टोखादेखि नुवाकोटको सुरुङ मार्ग निर्माण । १२. गल्छी–केरुङ (४०० केभी), बुटवल–महेन्द्रनगर (७६५ केभी), पूर्व–पश्चिम राजमार्ग (४०० केभी), मस्याङ्दी–काठमाडौं (४०० केभी) र कर्णाली तथा कोशी करिडोरमा १३२ केभीको दोहोरो प्रशारण लाइन साथै काठमाडौं चक्रपथमा विद्युतीय प्रशारण लाइनसम्बन्धी समझौता अन्तरदेशीय विद्युतीय प्रशारण लाइन । १३. सहसचिवस्तरीय ऊर्जा संयन्त्र निर्माण । किमाथाङका–अरुण ४५० मेगावट, तमोर ७६२, सुनकाशी–२ १११०, सुनकोशी–३ ५३६ मेगावट, नलसिंहगाड ४२६ र उत्तरगंगा ३ सय मेगावाट १४. विभिन्न जल तथा सिँचाई परियोजना । १५. काठमाडौं चक्रपथ विस्तार १६. सातै प्रदेशमा प्रकोप जोखिम न्यूनिकरण केन्द्र । १७ सीमा जोडिएको क्षेत्रमा संयुक्त सुरक्षा संयन्त्र । १८. सातै प्रदेशमा शिक्षा र स्वास्थ्य केन्द्र निर्माण । १९. परराष्ट्र सहसचिव स्तरीय संयन्त्र निर्माण । २० नुवाकोट, ललितपुर र तनहुँमा पेट्रोलियम भण्डार निर्माण । २१. सीमा व्यवस्थापन प्रणाली । २२. अपराधिक मुद्दामा सुदपर्गीसम्बन्धी सम्झौता । २३. चिनियाँ छात्रावृत्ति तथा मानव संशाधन विकास । २४. सांस्कृतिक सहकार्य । २५. क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा सहकार्य । २६. संयुक्त पर्यटन विकास । २७. पुननिर्माणमा सहयोग ।
हाम्राकुरा बाट










